पोखरा फाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ्ग सेवा

  २०७४ फागुन १४ गते १३:४३     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो ।

यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै, सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बीआईएम मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.