राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- सेयर बजारलाई जुवा घर बनाउनु हुन्न

  २०७४ फागुन ११ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गोपाल भट्टले नेपालको सेयर बजारलाई जुवाघर बनाउनु नहुने बताएका छन् ।

मिडिया इन्टरनेशनलले शुक्रबार राजधानीमा आयोजित ‘नेपालको वर्तमान सेयर बजारको अवस्था र सेयर प्रविधि’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले सेयर बजारमा वास्तविक क्षेत्रले नेतृत्व गर्ने गरी विकास गर्नुपर्ने बताए ।

‘अहिले नेपालको पुँजी बजार वित्तीय क्षेत्रले नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘उद्योग, व्यवसाय र सेवा क्षेत्रलाई पनि भित्राउन सके नेपालको सेयर बजार स्थिर बन्नेछ ।’

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्राथमिक बजार प्रविधिको प्रयोगमा निकै अगाडी बढिसकेको भए तापनि दोस्रो बजारमा अझै पनि प्रविधि भित्रिन नसकेको बताए ।

‘अन्य मुलुकहरुमा प्राथमिकको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठिक विपरीत भइरहेको छ,’ गिरीले भने, आगामी असार/साउनसम्ममा दोस्रो बजारमा पनि प्रविधि भित्र्याउनेछौँ ।’

त्यस्तै, मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष ध्रुव तिमल्सिनाले प्राथमिक बजारमा सीआस्वा लगायतका प्रविधिका कारण सेयर आवेदन दिन र संकलन गर्न सहज भएको बताए । दोस्रो बजारमा भने अझै पनि ब्रोकरकोमा धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले छिटोभन्दा छिटो अनलाइन ट्रेडिङको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिले सेयर ब्रोकरको दायरा फराकिलो बनाई दोस्रो बजारलाई समेत विकसित बनाउनुपर्ने बताए । अहिले प्राथमिक बजारमा मात्रै प्रविधिहरुको विकास भइरहेको औँल्याउँदै उनले दोस्रो बजारमा पनि प्राविधिहरु प्रयोगमा जोड दिनुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.