काठमाडौं धुम्रपान मुक्त शहर, गर्भवती महिलालाई चुरोट बिक्री गरे १५ हजार जरिवाना

  २०७४ फागुन ११ गते १७:१३     विकासन्युज

काठमाडौं । राजधानी अब धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राजधानीलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा गरेका हुन् ।

यो घोषणसंगै अब काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थको सेवन गर्न पाइने छैन । बिक्रेताले १८ वर्ष नपुगेका र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ निःशुल्क वितरण वा बिक्री गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने छ ।

सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनले सार्वजनिक स्थल भनि तोकिएको क्षेत्रमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गरे १ सय रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यसैगरी सूर्तिजन्य पदार्थलाई बिक्रीस्थलमा सजावटका लागि प्रयोग गर्न पाउने छैन ।

यो अभियान विश्वका विभिन्न ५० वटा शहरहरुमा लागू भैरहेको छ । बुलुम्बर्ग फिलानट्रोपिज, भाइटल स्ट्राटेजिजको सयुंक्त आयोजनामा यो कार्यक्रम राजधानीमा लागू गर्न लागिएको हो ।

कार्यक्रममा डा.राधिका थपलियाले मानिसले दैनिक ४ सय ग्राम फलफुल र सागपात खानुपर्ने तर ९९ प्रतिशत नेपालीले यो तरिका अपनाउन नसकेको बताइन ।

हाल नेपालमा ३०.५ प्रतिशत मानिसले धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् । ३६.५ प्रतिशत मानिस अरुले सेवन गरेको धुम्रपानबाट प्रभावित भैरहेका छन् । आयोजकले आगामी १८ महिनासम्म जनचेतना लगायतका विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.