मुलकको ७५३ वटै स्थानिय तहमा घरेलु संघ गठन गरिने

  २०७४ फागुन ११ गते १६:०२     विकासन्युज

काठमाडौं । परिवर्तित राजनैतिक संघारलाई ध्यानमा दिदै मुलुकको ७५३ वटै स्थानिय निकायमा घरेलु तथा साना उद्योग संघ गठन गर्ने तयारी भइरहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सम्पूर्ण ७५३ वटा पालिकामा संघ गठन गर्ने बताए । शुक्रबार राजधानीमा आयोजित काठमाडौंको घरेलु तथा साना उद्योग संघको २२ औं साधानरण सभा तथा १५ औं महिलाहरुको भेटमा उनले संघ मुलुकभरी गठन गर्ने घोषणा गरे । ‘संघलाई पालिका तहमा लैजाने तयारी गरिरहेका छौं,’ उनले भने ‘त्यसको लागि संघको आवश्यक विधान संसोधन हुने क्रम अगाडी बढेको छ ।’ उनका आनुसार विभिन्न पालिका संघहरुले स्थानिय तहमै सक्रिय काम गर्ने र केन्द्रले आवश्यक नीति नियम बनाउने लगायका कार्य गर्नेछ ।

साधारण सभामा घरेलु तथा साना उद्योग विभागका कार्यकारी निर्देशक शत्रुधनप्रसाद पुडासैनीले महिला उद्यमीहरुको लागि सरकारले छुट्याएको बजेट कम भएको भन्दै बढाउन विभागले पहल गरिरहेको जानकारी दिए । ‘महिला उद्यमीलाई ५ लाखसम्म दिइदै आएको सफ्ट लोन परिवर्ति समयअनुसार केही कम भएको महशुस गरेका छौं, उनले भने ‘त्यसलाई बढाउनको लागि अर्थमन्त्रालयसँग छलफल भइरहेको छं ।’

कार्यक्रममा काठमाडौं घरेलु तथा साना उद्योग संघका अध्यक्ष पदम कुमारी कार्कीले संघमार्फत कठमाडौंका घरेलु तथा साना उद्योगहरुलाई विभिन्न सहयोग पुगको बताइन् । साथै उनले संघले विभिन्न कार्यक्रमहरु समेत गर्दै अघि बढेको जानकारी दिइन् । ‘हामीले विभिन्न महिला उत्थानका कार्यक्रमहरु सञ्चलान गरिरहेका छौं,’ उनले भनिन् ‘कोषबाट आएका रकमहरुलाई विभिन्न पिछडिएका, सिमान्तकृत लगायतका महिलाको लागि शिपमूलक तालिम तथा क्षमता अभिवृद्धिको लागि खर्चिएका छौं ।’ महिला उद्यमहरुलाई आवश्यक सफ्ट लोनको लागि सिफारिस तथा पहल गर्ने काम समेत भइरहेको उनको भनाइ छ ।

साधानरण सभाको दोस्रो चरणको कार्यक्रममा स्थानिय संरचना अनुसार घरेलु तथा साना उद्योग संघ गठन गर्ने विधान संसोधनमाथि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.