कम चुहावट हुने १४०० थान अत्याधुनिक ट्रान्सफरमर खरिद गर्दै विद्युत प्राधिकरण, टीबीईले पायो ठेक्का, ६ महिनामा आपूर्ति हुने

  २०७४ फागुन ११ गते १५:४०     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुहावट कम हुने र अत्याधुनिक प्रविधि जडान भएका १ हजार ४ सय थान विद्युतीय ट्रान्सफरमर खरिद गर्न लागेको छ ।

ट्रान्सफरम खरिदका लागि विद्युत प्राधिकरणले चीन र भारतको संयुक्त कम्पनीलाई ठेक्का दिने तयारी गरेको छ । प्राधिकरणले सबैभन्दा कम दर प्रस्ताव गर्ने टीबीइए इनर्जी प्रालि, भारत र टीबीईए सेङयान ट्रान्सफरम ग्रुप कम्पनी लिमिटेड चाइनालाई ठेक्का दिने आशयपत्र दिएको छ ।

आशयपत्र दिएको एक साताभित्र संयुक्त कम्पनीसंग ट्रान्सफरमर आपूर्तिको ठेक्का सम्झौता हुने छ । ट्रान्सफरमर ६ महिनामा आपूर्ति हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिव ४५ करोड रुपैयाँ अर्थात ४४ लाख ४३ हजार डलरमा सो परिमाणमा ट्रान्सफरमर खरिद गर्न लागेको हो । प्राधिकरणले खरिद गर्न लागेको ट्रान्सफरमरको क्षमता ५०, १००, २०० र ३०० एमबीएको हुनेछ ।

संयुक्त कम्पनीले चुहावट कम गर्ने सीआरजीओ ३ डी कोर सीएसवाइपी टाइप प्रविधियुक्त ट्रान्सफरमरको आपूर्ति गर्नेछ । नयाँ प्रविधिको ट्रान्सफरमबाट बिजुली चुहावट न्युन हुने र पड्कने जल्ने जस्ता प्राविधिक समस्या धेरै कम आउने भएकाले खरिद गर्न लागेको प्राधिकरण ग्राहक सेवा निर्देशनालयका प्रवन्धक नुतनदेव भट्टराईले जानकारी दिए । नयाँ ट्रान्सफरमर शहरी क्षेत्रमा जडान गर्न उनले बताए ।

उनले नयाँ आउने ट्रान्सफरम बढी आधुनिक हुनुका साथै प्राविधिक रुपमा मजवतु भएकाले नयाँ प्रविधि जडान गरिएको ट्रान्सफरमर खरिद गर्न लागेको उनले बताए ।

यसअघि चीनबाट आयात गरिएका विद्युतीय ट्रान्सफरमर भित्र तामाको तारको सट्टा आलुमुनिय भेटिएको थियो । यस्ता ट्रान्सफरमर आपूर्ति गर्ने कम्पनीमाथि सरकारले कार्वाही समेत गरेको छ । हाल प्राविधिक चुहावट १६ प्रतिशत बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.