राष्ट्र बैंकले खुलायो १५१ जनालाई जागिर, चैत १ गतेसम्म फारम भर्ने म्याद

  २०७४ फागुन ११ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको केन्द्रिय कार्यलय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको हो ।

विभागले सहायक निर्देशकमा ४५ जना , सहायक द्धितीयमा ९६ जना र सहायक द्धितीय सूचना प्रविधीमाा १० जना माग गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति हुने पदको परिक्षामा भाग लिनको लागि आवश्यक कागजात पुरा गरी अनलाईन दरखास्त दिन सकिनेछ । बैंकले दरखास्त दिने अन्तिम मिती चैत १ गते सम्म तोकेको छ ।

सहायक निर्देशक पदमा दरखास्त भर्न चाहने व्यक्तिको उमेर २१ वर्ष परा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यसैगरी सहायक पदमा दरखास्त दिनको को लागि १८ वर्ष पुरा भई ३५ वर्ष र महिलाको हककमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । तर बहालवाला कर्मचारीको हकमा भने उमेरहद नलाग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.