भैरहवाको टाइगर प्यालेस रिसोर्ट अष्ट्रेलियाको सिल्भर हेरिटेजले किन्यो, थप साढे ५ अर्ब वैदेशिक लगानी ल्याउदै

  २०७४ फागुन ११ गते १०:२१     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुप लिमिटेडले भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको सम्पुर्ण स्वामित्व खरिद गरेको छ । सिल्भर हेरिटेजले नेपालमा टाइगर वान प्रालिमार्फत रिसोर्टको सम्पुर्ण स्वामित्व खरिद गरेको हो ।

सिल्भर हेरिटेज अष्ट्रिेलियन सेक्युरिटीज एक्सचेन्जमा सूचिकृत कम्पनी हो । ग्रुपले नेपालका विभिन्न आयोजनामा ५ करोड ५० लाख डलर अर्थात साढे अर्ब रुपैया बढी थप लगानी गर्ने जनाएको छ । यो लगानीबाट नेपालमा थप १ हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य हेरिटेजको छ ।

सिल्भर हेरिटेज अष्ट्रेलियामा १०० प्रतिशत स्वामित्व रहेका कम्पनी हो । नेपालमा लगानी भित्राउन ब्रिटिस भर्जिन आइसल्याण्ड हङकङ हुदै नेपालमा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी दर्ता भएको छ । सो कम्पनीले नेपालमा टाइगर वान, टाइगर टु र एसएचएल म्यानेजमेन्ट सर्भिसेज काठमाडौं प्रालि गठन गरेको छ ।

एसएचएलमा नेपालका व्यवसायी राजेन्द्र बजगाई र नवराज बजगाईको ५/५ प्रतिशत स्वामित्व रहेको छ । टाइगर प्यालेस रिसर्टमा १ सय कोठा र स्वीट, १० हेक्टरमा फैलिएका २ वेड रुपमा भिल्ला, आधुनिक स्पा, जिम, पुल, ६ वटा बैठक कक्ष, ५ वटा रेष्टुरेन्टलगायत अत्याधुनिक सेवा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.