टाटा मोटर्सको बहुप्रतिक्षित लाईफस्टाईल एसयूवी सार्वजनिक, सुरुवाती मूल्य ३२ लाख ७५ हजार

  २०७४ फागुन १० गते २२:२७     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको  साथमा टाटा मोटर्सले नेपाली बजारमा आफ्नो  जेन–नेक्स्ट लाईफस्टाईल एसयूवी टाटा नेक्सन सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक समारोहको आयोजना गरि उक्त एसयूवी व्यवसायिक रुपमा सार्वजनिक गरेको हो ।


टाटा मोर्टसले नेपालको बढ्दो कम्प्याक्ट एसयूवी वर्गमा प्रवेश गर्दै आफ्नो जेन–नेकस्ट लाईफस्टाईल एसयूवी सार्वजनिक गर्न सफल भएको बताएको छ । सार्वजनिक गरिएको एसयूवी प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन भएको जनाइएको छ ।

कम्पनीको अनुसार पृथक स्टाईलको प्रतिनिधित्व गर्ने ग्राहकहरुको लागि उक्त उत्पादनले विश्वव्यापी र समकालीन डिजाइनका साथै सर्वोत्कृष्ट टेक्नोलोजी र सुविधाहरुलाई एकै साथ ल्याएको हो ।

सार्वजनिक कार्यक्रममा टाटा मेटर्स इन्टरनेशनल विजनेस, प्यासेन्जर भेहिकलका बिजनेस यूनिटका हेड सुजन रोयले कम्पनीले अफ्नो उत्पादन र ब्राण्डलाई परिस्किृतका साथै ग्राहकहरुको बढ्दो आशलाई समेत समायोजन गर्दै जाने बताए । ‘टाटा नेक्सन मौलिक सोचाइमा उच्चतम चरणको परिवर्तन हो । जसले कम्पनीको गतिशिल बजारलाई थप बृद्धि गर्नेछ,’ उनले भने ।

त्यस्तै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जङ्गबहादुर राणाले टाटा नेक्सनको सार्वजनिकसँगै कम्पनीले व्यापारलाई ह्याचब्याक र सेडानहरुबाहेक अरु वर्गमा पनि बृद्धि गरेको बताए । ‘कमप्याक्ट एसयूवी वर्गमा यो हाम्रो पहिलो ठूलो कदम हो,’ उनले भने ‘बहुपरिचित टाटाबाट आएको यस उच्चस्तरीय उत्पादनमा हामी गर्वान्वित भएका छौं ।’

कम्पनीको अनुसार टाटा नेक्सन एरोडाइमानिक सिल्हाइटको साथ एक पृथक डिजाइन हो । यसले स्पोर्टी चरित्रलाई हाइलाइट गरी स्पोर्टी कुपनका साथ एसयूवीको कार्यक्षमता संयोजन गरेर उक्त डिजाइनमा विकास गरेको छ ।

चार फरक भेरियन्ट र पााच फरक रङमा ७५ हजार किमि अथवा ३ वर्षका वारेण्टीसहित टाटा नेक्सन बिहीबारदेखि बिक्रीको लागि रखिएको कम्पनीको भनाइ छ । नेपालभरका २० आधिकारिक टाटा शोरुमहरुमा उपलब्ध हुने उक्त एसयूवीको सुरुवाती मूल्य पेट्रोल भेरियन्टलाई ३२ लाख ७५ हजार रुपैया रहेको छ भने, डिजल भेरियन्टलाई ४१ लाख ५५ हजार रुपैयाँ कम्पनीले तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.