माछापुछ्रे बैकको सि-आस्बा प्रणाली सुरु

  २०७४ फागुन १० गते १९:१०     विकासन्युज

काठमाडौं । माछापुछ्रे बैंकले सि आस्बा रजिस्ट्रेशन नम्बर लिने व्यवस्था सुरु गरेको छ । बैंकले धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली आवश्यक हुने भएकाले यो प्रणाली सुरु गरेको हो ।बैंकले सबै शाखाहरुमा बिहिबार बाटै यो प्रणालीको सुरुवात गरेको जनाएको छ । यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदानगरिएको मेरो शेयर सेवाआफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन बैंकले अनुरोध गरेको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा सेवा प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.