राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

  २०७४ फागुन १० गते १८:५५     विकासन्युज

काठमाडौं । नयाँ राष्ट्रपतिका लागि फागुन २९ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनका लागि फागुन २९ गते नयाँ मिति तोकेको हो ।

आयोगले २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । यस्तै २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

फागुन २३ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको आयोगले जनाएको छ । यस्तै उम्मेदवार विरुद्ध दावी विरोध, फिर्ता लगायतका प्रक्रिया र्पुयाएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने आयोगले जानकारी दिएको छ । निर्वाचन सकिएलगतै ४ बजेबाट मतगणना सुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.