ग्लोबल आइएमई बैंकको प्रयोजनमा सिंह ऐरी

  २०७४ फागुन १० गते १९:०३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई प्रयोजन गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवमा ऐरीलाई १ वर्षसम्म प्रयोजन गर्ने सहमति गरेको हो ।

 

अन्डर १९ राष्ट्रिय क्रिकेटका कप्तान समेत रहेका ऐरीले बैंकसँग १ वर्षसम्म ४ लाख रुपैंया लिने गरी सम्झौता गरेका हुन् । यसमा उनले मासिक २० हजार र बाँकी रकमको खेलकुद सामाग्री प्रदान गर्ने जनाएको छ ।

बैंकले आयोजना गरेका कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए ।ो । बैंकले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई सम्मान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.