लघुवित्त संस्थाहरुको नियमनका लागि छुट्टै नियमनकारी निकायको आवश्यकता

  २०७४ फागुन १० गते १७:४३     विकासन्युज

काठमाडौं । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरुको नियमनका लागि छुट्टै नियमनकारी निकायको आवश्यकता रहेको बताए । हाल नेपालमा लघुवित्त संस्थाहरुको स्थापना हुने क्रम बढेका कारण पनि यसमा विभिन्न विकृतिहरु देखा पर्न थालेकोले अब लघुवित्त संस्थालाई अनुमति दिन स्थगत गर्नुपर्ने र लघुवित्त संस्थाहरुको नियमनका लागि त्यस्तो नियमकारी निकाय आवश्यक रहेको उनको भनाइ थियो ।


राजधानीमा बिहीबारदेखि उक्त केन्द्रले आयोजनाको आयोजनामा सुरु भएको दुई दिने लघुवित्त सम्बन्धी गोष्ठीमा उनले उक्त बिजार राखेका थिए ।

गोष्ठीको उद्घाटन क्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले वित्तीय सेवा विस्तारमा लघुवित्त संस्थाहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए । लघुवित्तको माध्यमबाट ग्रामीण अर्थतन्त्रको मुहार फेरिएको र लघुउद्यम विकासमा महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

शुक्रबारसम्म चल्ने उक्त गोष्ठिमा लघुवित्त क्षेत्रको सबलीकरणका लागि मार्गचित्र तय गर्न लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुको सहभागिता रहेका छन् ।

गोष्ठीमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका २२ वटा लघुवित्त संस्थाका ४० जना संचालक समितिका अध्यक्ष तथा संचालक तथा लघुवित्त विज्ञहरुको सहभागीता रहेको जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.