शुक्रबारदेखि भृकुटीमण्डपमा बृहत हिमाली कृषि प्रदर्शनी, याकको चिजदेखि कर्णालीको स्याउसम्मका ७५ स्टल राखिने

  २०७४ फागुन १० गते १६:१८     विकासन्युज

काठमाडौं । शुक्रबारदेखि आइतबारसम्म राजधानीको भृकुटीमण्डपमा ‘ तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्धन प्रदर्शनी –२०७४ ’ हुने भएको छ । हिमाली जिल्लाका उत्पादित कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्धन गर्ने उद्वेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले उक्त वृहत्त प्रदर्शनी गर्न लागेको हो ।


आयोजकका अनुसार प्रदर्शनीमा संखुवासभा, सोलुखम्बु, दोलखा, रसुवा, मनाङ्ग, मुस्ताङ्ग डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका ५१ वाटा तथा अन्य २४ गरी जम्मा ७५ वटा स्टल रहनेछन् ।

जसमा याकको चीज, छुर्पी, राडीपाखी, तरकारीको बीउदेखि कर्णलीको सिमी, स्याउ, जुस, ओखर चिराईतो लगायत मूख्य आकर्षण हुने आयोजकले अपेक्षा गरेको छ । समग्रमा प्रदर्शनीमा हिमाली जिल्लाका कृषि, पशु तथा वनस्पतिजन्य उत्पादन सम्पूर्ण रहने आयोजकको दावी छ ।

त्यस्तै आयोजकले उक्त प्रदर्शनीको अवसरमा हिमाली व्यवसायी र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारीहरुबीच दिर्घकालीन व्यापारिक सम्झौता समेत हुने अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.