शुक्रबारदेखि संघीय नेपालमा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन

  २०७४ फागुन ९ गते २३:१७     विकासन्युज

काठमाडौं । शुक्रबार र शनिबार राजधानीमा संघीय नेपलामा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्मेलन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानको आयोजना हुन लागेको हो ।


हिसानले बुधबार पत्रकार सम्मेलन गरी उक्त शैक्षिक सम्मेलनको बारेमा जानकरी दिएका थिए ।

आयोजकको अनुसार सम्मेलनमा बेलायत, चीन, क्यानडा, थाईल्याण्ड लगायत विश्वका विभिन्न विश्वविद्यालयका प्राज्ञहरु सहभागि हुनेछन् ।

त्यस्तै नेपालका ९ वटै विश्वविद्यालयका पदाधिकारी, शिक्षाविद लगायतले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

आयोजकको अनुसार शिक्षा प्रणालीलाई संघीय संरचना अनुसार अघि बढाउन, समयानुकूल सुधार र परिमार्जन गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने छ । सम्मेलन नेपालको लागि कोशेढुङ्गा सावित हुने आयोजकको दावी छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.