दुईदिने महिला र कानुन सम्बन्धि तालिम सम्पन्न, उद्यमसिलता र विकासमा अघि बढ्न जोड

  २०७४ फागुन ९ गते ११:३३     विकासन्युज

काठमाडौं । समान पहुँच नेपालद्धारा आयोजित महिला र कानुन सम्बन्धि दुईदिने सचेतना सम्बन्धि तालिम सम्पन्न भएको छ । नार्गाजुन नगरपालिकाका महिलाहरुका लागी कानुनी सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रममा नार्गाजुन नगरपालिका झण्डै ६० महिला दिदी बहिनीहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रमका अधिवक्ता विष्णु माया भुसाल, रमा श्रेष्ठ लगाएतले विवाहवारी सम्बन्धित कानुनी व्यवस्था र उजुरी तथा सजाय सम्बन्धि कार्यविधी र महिलाको सम्पती सम्बन्धि अधिकार र यसको उजुरी सम्बन्धि कार्यविधीका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एंव प्रतिनिधी सभा सदस्य कृष्णगोपाल श्रेष्ठले महिलाहरु अब घरायसी काममा मात्र सिमित हुन नहुने भन्दै उद्यमसिलता र विकासमा अघि बढ्न सुझाव दिएका छन् ।

सो अवसरमा सहभागी दिदी बहिनीलाई प्रमाण पत्र उपलब्ध गराइएकोे समान पहुँच नेपालकी महासचिव शान्ता वस्यालले बताए । सो दुई दिनै प्रशिक्षण कार्यक्रमको सहयोगीका रुपमा चन्द्रागिरी नगरपालिका रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.