कल्याणकारी कोषको ताकेता, ७ दिनभित्र विवरण पेस गर्न प्रतिष्ठानलाई अल्टिमेटम

  २०७४ फागुन ८ गते १८:४०     विकासन्युज

काठमाडौं । राष्ट्रियस्तरको कल्याणकारी कोषले उद्योग प्रतिष्ठानहरुले बोनस रकमको विवरण र बोनस रकम जम्मा नगरेपछि ताकेता सुरु गरेको छ । कोषले बोनस रकमको विवरण नबुझाउने प्रतिस्ठानलाई ७ दिन भित्रमा विवरण बुझाउन अल्टिमेटम दिएको हो ।

श्रम ऐन २०७४ मा उल्लेख नभएकाले रकम जम्मा गर्नु नपर्ने भन्ने भ्रममा नपर्न प्रतिष्ठानलाई कोषले सचेत समेत गराएको छ । आर्थिक वर्ष सकिनु भन्दा पहिले नै प्रतिस्ठानले रकम जम्मा गर्नु पर्ने हो । तर आर्थिक वर्ष सकिएको ६ महिना सकिसक्दा पनि प्रतिष्ठानले रकम जम्मा नगरेपछि अल्टिमेटम दिनु परेको कोषकी अधिकृत गंगा केसीले बताइन् ।

बोनस ऐन २०३० अझै क्रियशिल रहेको र बोनस नियामावली २०३९ को नियम १२ अनुसार प्रतिष्ठानले रकम वितरण गरिरहेको केसीले बताइन् । प्रतिष्ठानले वितरण गरेको बोनसको विवरण ७ दिन भित्र सम्बन्धित श्रम कार्यलयमा बुझाउनु पर्नेछ ।

साथै कोषले बोनस ऐनको दफा १३ अनुसार १ महिना भरिमा बोनस रकम कोषको खातामा जम्मा गर्न आग्रह गरेको छ । कानून बमोजिम रकम जम्मा नगरे कारबाही प्रक्रिया अगाडी बढाउने कोषले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.