चैत पहिलो हप्ता मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी

  २०७४ फागुन ८ गते १७:०३     विकासन्युज

काठमाडौं । चैत २ देखि ४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा छैठौं ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ हुने भएको छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले राईजिङ नेपाल प्रालि तथा माईस इन्टरनेशनल प्रालिको व्यवस्थानमा युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गर्ने भएको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रदर्शनीको बारेमा जानकारी गराएका थिए । प्रदर्शनीका इभेन्ट मेनेजर दिपक थापाले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिने बताए । ‘प्रदर्शनीमार्फत नेपाली वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विस्तरमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने ‘साथै नेपाली वस्तुप्रति चासो बढाउन तथा स्वदेशि उत्पादन पनि गुणस्तरिय हुन्छ भन्ने विश्वा दिलाउन प्रदर्शनी महत्वपूणर्न रहने छ।’

प्रदर्शनीका संयोजक अनमोल बस्नेतले प्रदर्शनीमा ७५ ओटै जिल्लाका आ–आफ्ना ठाँउका पहिचान बोकेका वस्तु तथा सेवाहरुको सहभागिता रहनेछ । करिब १ सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरुले भाग लिने र लाखौको संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.