महानगरका ८० प्रतिशत सडकका बत्ती बिग्रिए

  २०७४ फागुन ८ गते १२:५५     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाका ८० प्रतिशत सडकका बत्ती बिग्रीएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । “मैले काम गर्न चाहने संस्थालाई रातमा सबै बत्ती बाल्नुपर्ने र बत्ती चहकिलो हुनुपर्ने सर्त राखेको छु । काम गर्न चाहने संस्थासंग गुणस्तरको कुरा गरेपछि काम गर्न पछि हच्किदै आएका छन् । सडक बत्ती नहुँदा रातको समयमा सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले पनि बत्ती जडान गर्न महानगरपालिकालाई भन्दै आएको छ । ” महर्जनले भने ।

महानगरपालिकाका भित्री भागमा धेरै ठाउँमा सडक बत्ती छैन ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.