युवराज खतिवडालाई अर्थमन्त्री बन्ने बाटो खुल्यो, राष्ट्रिय सभामा सिफारिस

  २०७४ फागुन ८ गते १०:२८     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेसँगै पूर्व गभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ । झापाकै खतिवडालाई ओलीले अर्थमन्त्री बनाउने योजनासहित राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको एमाले श्रोतले भन्यो ।

‘पाँच बर्षसम्म अर्थतन्त्र सञ्चालन गर्नुपर्ने र घोषणा पत्रमा उल्लेख गरिएका महत्वकांक्षी योजना कार्यान्वयन गर्नुु पर्ने भएकाले खतिवडालाई अर्थमन्त्री बनाउने योजनासहित राष्ट्रिय सभामा पठाइएको हो’, एमाले श्रोतले भन्यो । यस अघि एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउने चर्चा थियो ।

तर अर्थतन्त्र नबुझेका व्यक्तिलाई अर्थमन्त्री बनाउँदा खराब सन्देश जाने र दातृ निकायहरुसँगको सम्बन्ध पनि बजबुत बनाउन नसकिने निकर्षसहित एमालेले खतिवडालाई अघि सारेको हो ।

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. खतिवडाले राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । खतिवडालाई दक्षिण एसियामै मौद्रिक नीतिका ज्ञाता मानिन्छ । खतिवडा बामपन्थी घोषणा पत्रका मस्यौदाकार समेत हुन् । खतिवडासँगै रामनारायण विडारी र बिमला पौडेललाई पनि राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.