४ लाख रुपैयाँ घुस लिएको अभियोगमा शाखा अधिकृत पक्राउ

  २०७४ फागुन ७ गते १८:२५     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई सोमबार शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो । एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.