विदेशी औषधी आयतको पक्षमा व्यवसायी संघ

  २०७४ फागुन ७ गते १६:४६     विकासन्युज

काठमाडौं– नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले विदेशी औषधी आयत रोक्न नहुने पक्षमा उभिएका छन् । आफुहरुले स्वदेशी उद्योगीले भन्दा सस्तो मुल्यमा औषधी उपलब्ध गराउँदैआएको भन्दै आयत रोक्न नहुने पक्षमा उभिएका हुन् ।

आत्मनिर्भरताको नामममा सिन्डिकेट लागू गर्न खोजिए यो आफुहरुलाई मान्य नहुने संघले जनाएको छ । ‘नेपाल औषधीमा अत्मनिर्भर हुनु एकदमै राम्रो पक्ष हो । हामी त्यसको स्वागत गर्छौं । तर, आत्मनिर्भरताको नाममा सस्तोमा पाइरहेको गुणस्तरीय औषधी बन्द गरेर महंगो मूल्यमा नेपाली औषधी जवर्जस्ती भिडाउनु कति उचित हो ?,’ नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले प्रश्न गरेका छन् ।

संघले विदेशी औषधी हरु आयात गरी विक्री वितरण गर्दै आएको एनसीडीएले औषधी आयात रोक्नुपर्ने कारणको चित्तबुझ्दो जवाफ दिन उद्योगीहरुसंग माग समेत गरेको छ ।

यसअघि २०७१ साल जेठ २६ गते सचिवस्तरीय निर्णयको बुँदा नम्बर १३ मा नेपालमा उत्पादन हुने कुनै पनि औषधी विदेशबाट आयत गर्न नपाइन भनी उल्लेख गरिएको थियो । एनसीडीएले स्वदेशी औषधी उद्योगहरुले आत्मनिर्भरको नाममा विदेशबाट आयत हुँदै आएका औषधीहरु बन्द गराएर जनतालाई महंगोमा नेपाली औषधी बेच्न खोजेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.