दानासँगै प्राबिधिक सेवा देशैभर विस्तार गर्दैछौं– जेसवाल

  २०७४ फागुन ७ गते १६:४१     विकासन्युज

पोल्ट्री फर्मको विस्तारसँगै कुखुराले खाने दानाको माग पनि बढिरहेको छ । त्यसै सन्दर्भलाई लिएर पछिल्लो दानाको अवस्था, उपलब्धता बजारीकरण लगायत सम्बन्धमा पाेसिलाे पेलेट दाना उत्पादन गर्दै आएको अग्रीम उद्योग ओम चाओ बिरो फीड इण्डष्ट्रिजका बजार प्रबन्धक आकेश जेसवालसँग गरिएको कुराकानी

 

आकेश जेसवाल, बजार प्रबन्धक-ओम चाओ बिरो फीड इण्डष्ट्रिज


अहिले उद्योगबाट के–कस्ता दाना उत्पादन गर्दै हुनुहुन्छ ?

रुङटाज ग्रुप अन्तर्गतको ओम चाओ बिरो फीडले अहिले कुखुराको लागि पेलेट दाना उत्पादन गर्दै आएको छ । अडर आएमा बंगुरको दाना पनि उपलब्ध गराइरहेका छौं । दुई वटा फ्याक्ट्रीबाट दानाको उत्पादन गरिरहेका छौं । एउटा विराटनर र अर्को विरगञ्जमा छ । नेपालको अग्रणी पेलेट दाना उत्पादन गर्ने मध्ये हाम्रो कम्पनी पनि एक हो ।

पेलेट भनेको कस्तो दाना हो ?
तयारी दानालाई पेलेट दाना भनेर बुझिन्छ । यो प्रि–ब्वाईल दाना हो । पेलेट दानाले कुखुरालाई छिटो बढ्न सहयोग पुर्रयाउँछ । यो दानको विशेषताअनुसार सामान्यतया ३६ दिनमा ३.३ किलो पेलेट दाना खुवाएर कुखुरालाई दुई किलोको बनाउन सकिन्छ । अन्य दानाहरुले त्यसरी तौल बढाउँदैन ।

फ्रेस हाउसहरुले पनि पेलेट दाना खुवाएका कुखराहरु बढी रुचाउँछन् । कुखुराको उमेर अनुसार दाना खुवाउन पर्छ ।
पूर्व मेचीदेखि पञ्चिम महाकालीसम्म कम्पनीको डिस्ट्रीब्युटर्सहरुद्वारा उद्योगले उत्पादन गरेका दानाहरु उपलब्ध गराउँदै आएका छौं ।

बजारमा दानाको माग कस्तो छ ?
पछिल्लो समय पोल्ट्री व्यवसाय बढिरहेको छ । व्यवसाय बढेसँगै दानाको माग पनि बढेको छ । युवा पुस्ताहरु पोल्ट्री व्यवसायमा लागेका छन् । व्यवसाय फष्टाउने क्रममा छ । विशेषगरी वैदेशीक रोजगारबाट फर्केकाहरु पोल्ट्री व्यवसायमा सफल भएका छन् । पोल्ट्री व्यवसाय दोहोरो अंकमा बढेको छ । त्यसरी नै दानाको माग पनि दोहोरो अंकले नै बढेको छ । हालसम्म दानाको अभाव छैन ।

तपाईहरुको आगामी योजना के छ ?
दानाको गुणस्तर तथा बिक्री सञ्जाल बढाउने । दाना बिक्रीपछिको प्राविधिक सहयोगमा जोड दिने छौं । जसमा टोल फ्री नम्बर राख्ने योजना छ । किसानहरुलाई समस्या पर्यो भने उक्त टोलफ्री नम्बरबाट फ्रीमा फोन गर्न सक्नेछन् । समस्याअनुसार भेटनेरी लगायत सम्बन्धि सुविधा दिन्छौँ ।

दानाको कच्चा पदार्थको अवस्था कस्तो छ ?
दानाको लागि चाहिने मकै, भटमास लगायतको कच्चा पदार्थ ७०/८० प्रतिशत विदेशदेखि नै झिकाउन पर्ने अवस्था छ । स्वदेशी दाना उद्योगहरुले उत्पादन गरेको सम्पूर्ण दाना स्वदेशमै खपत हुन्छ । स्वदेशमा पनि दानाको कच्चा पदार्थको उत्पादन भइरहेको छ । तर माग अनुसार आपूर्ति छैन । नेपालमै पनि पर्याप्त मात्रामा कच्चा पदार्थ उत्पादन गर्न सकिने प्रशस्त सम्भावना मैले देखेको छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.