अग्नि मोटो इन्कद्धारा हेटौडामा मोजो बाइकको बिक्री वितरण शुरु

  २०७४ फागुन ७ गते १४:१३     विकासन्युज

हेटौडा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले  मोजो बाइक हालै हेटौडामा आफ्नो आधिकारीक विक्रेता भिजन मोट्र्स माफर्त बिक्री शुरु गरेको छ ।

महिन्द्राको मोजोले अब हेटौडामा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास गरेको छ ।

कम्पनीका अनुसार महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सीसी इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिनजसले २७ विएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रदान गर्छ ।

मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.