जगदम्बा सिमेन्टको रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाभन्दा बढीको सहभागिता

  २०७४ फागुन ७ गते १३:३३     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । सिमेन्टले “जगदम्बा योगदान” भन्ने कार्यक्रम अन्तर्गत स्वस्थ्य क्षेत्रमा आफ्नो नियमित कार्यक्रम अनुरुप स्वावलम्बी परिवार समाजको अग्रसरतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन जगदम्बा सिमेन्ट परिवारका निर्देशक दुर्गाप्रसाद न्यौपानेले र स्वाबलम्बी परिवार समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा ६० जनाभन्दा बढि व्यक्तिहरुको सहभागीता रहेको थियो भने ४२ व्यक्तिहरुले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.