नेपाली सडक सुहाउँदो टायर बीकेटी मात्रै हो- सुवेदी

  २०७४ फागुन ७ गते ११:४१     विकासन्युज

देशभर पुनःनिर्माणका कार्यहरुअघि बढेसँगै सानादेखि हेभी इक्युप्मेन्ट प्रयोग बढेको छ । ती इक्युप्मेन्टहरुका लागि अत्यावश्यक रुपमा रहेकाे टायरको माग  समेत बढेको छ । साेहि सन्दर्भमा टायरकाे  बजारीकरण , अवस्था र भविस्यको सम्बन्धमा अफ हाईवे बीकेटी टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रीब्युटर्स प्रालिका मार्केटिङ मेनेजर महाप्रसाद सुवेदीसँग गरिएको कुराकानी ।

महाप्रसाद सुवेदी, मार्केटिङ मेनेजर- डेल्टा डिस्ट्रीब्युटर्स प्रालि

 

 

बालकृष्ण टायर इण्डष्ट्रिज (बीकेटी)ले नेपालका लागि कस्ता टायर उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ?
बिकेटीको मूख्य कार्यालय भारत स्थित मुम्बईमा छ । यसले अफ हाईवेका टायर (गाडीको चक्का)हरु उत्पादन गर्छ । कम्पनीले बढी मात्रामा यूरोपियन देशहरुमा आफ्नो उत्पादनहरु बिक्री गर्ने गरेको छ । नेपालमा पनि वितग तीन वर्षदेखि बीकेटीको टायर बिक्री गर्न सुरु गरेका छौं । नेपालमा बिकेटीको आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रीब्युटर्स प्रालि हो । यस कम्पनीबाट अफ हाईवे टायरको बिक्री गरिरहेका छौं ।

डेल्टाको सञ्जाल मुलकभरी कस्तो छ ?
डेल्टाको मुख्य कार्यालय विराटनगरमा रहेको छ । त्यस्तै काठमाडौं स्थित सिता पाईलामा ब्राञ्च कार्यालय छ । मुलुकको मुख्य–मुख्य सहरहरु पोखरा, दाङ, जनकपुर, लहान, राजविराज, इटहरी लगायत ५०/६० वटा यसको डिलरशीप रहेको छ । यी जिल्लाहरुमा भ्याकु, लोडर, ट्याक्टर, जेसीबी लागयतमा लाग्ने टायरहरु छुट्टा–छुट्टै रुपमा कम्पनीले डिलरहरु खोलेको छ । आगामी दिनमा डिलरशीपलाई अझै विस्तार गर्ने हाम्रो योजना छ ।

हामी अफ हाईवेमा गुड्ने सबै किसिमको टायर बिक्री गर्छौ । इण्डष्ट्रिज इक्युप्मेन्ट, ड्राइपोटमा अनलोड गर्ने मेसिन लगायतका टायरहरु कम्पनीले उपलब्ध गराउदै अएको छ ।

कति किसिमको गाडी तथा मेसिनहरुको टायर उपलब्ध छन् ?
हामीसँग करिब २०/२५ प्रकारको विभिन्न किसिमको मेसिन तथा गाडीहरुको ६०/७० खालको टायर उपलब्ध गराउँदै आएका छौं । अहिले टायरको बिक्री बढिरहेको छ । मुलुकभर पुननिर्माणको कार्य अघि बढेको छ । यसैगरी सानादेखि हेभी गाडीहरुमा प्रयोग हुने विभिन्न किसिमको टायरको माग पनि बढ्दै गएकोे छ ।

कम्पनीले रक सडकको लागि रक ग्रिप, एक्सल ग्रिप लगायतको टायरहरुको उत्पादन गरिरहेको छ । माइलीङ खानीको लागि प्रयोग हुने गाडीमा रक ग्रिप टायर लाग्छ । सबैभन्दा बढी माग टिपर टायरको छ । कम्पनीले बिक्री गर्ने टायरहरुमा आधा हिस्सा टिपर र जेसीबीले ओगटेको छ ।

एक पटक हाम्रो कम्पनीको टायर प्रयोग गरिसकेको ग्रहकले फेरी पनि खोज्न आउने गरेका छन् । हाल हामीले ग्राहकहरुलाई टायर बिक्रीको क्रममा ५ प्रतिशतसम्म छुट दिइरहेका छौं ।

कति मूल्यसम्मको टायर उपलब्ध गराउदै आउनु भएको छ ?

फोर क्लिपको टायर २० हजारदेखि ड्राइपोटमा प्रयोग गरिने मेसिनको टायर २ लाख रुपैयाँसम्मका छन् । टायरको माग बढीरहेको छ । सडक सञ्जालबाट विकट ठाँउहरु जोडिन्दैछ । रोडहरु धमाधम खनिदैछ । बजारमा हाईवे तथा अफ हाईवेका टायर बिक्री गर्ने कम्पनी धेरै छन् तर, हाम्रो जस्तो अफ हाईवे टायर मात्रै बिक्री गर्ने कम्पनी नेपालमा यहि एउटा हो ।

अफ हाईवे टायर मात्र बिक्री गर्नुको कारण ?

ग्राहकहरुको सहजताको लागि हो । बीकेटीले पनि अफ हाईवे टायरलाई मात्र मध्यनजर गरेर टायरहरुको उत्पादन गरेकोले पनि हामीले उक्त टायरको मात्र बिक्री गरेका हौं । हाम्रो टायर अन्य कम्पनीको टायरहरु भन्दा बढी टिक्छ । यसको लाइफ टाईम १.५ गुणा बढी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.