महिन्द्राको नयाँ शोरुम सङ्खुवासभामा, थ्री एसको सेवा दिने

  २०७४ फागुन ६ गते १५:०५     विकासन्युज

काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुको सङ्खुवासभाको टुम्लीङ्गटारमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । महिन्द्रा गाडीहरुको हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित यो शोरुम फागुन ४ गतेबाट शुभारम्भ गरिएको हो ।

उक्त शोरुमको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रुपका अध्यक्ष मनमाया श्रेष्ठ, सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यज्यूले सामुहिक रुपमा गरेका हुन् । शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ विशेष ध्यान दिएको छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

साथै, शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.