नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउने, लाइसेन्स दिन मापदण्ड तयार पार्दै धितोपत्र बोर्ड

  २०७४ फागुन ६ गते १३:१८     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले दोस्रो धितोपत्र विनिमय बजार कम्पनी (स्टक एक्सचेन्ज) सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) दिन लागेको छ ।

अर्थ मन्त्रालयबाट सकरात्मक संकेत पाएपछि धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया सुरु गरेको छ । नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि अहिले मापदण्ड र खाका (मोडालिटी) तयारीको काम भइरहेको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।

मापदण्ड तयार पारेर स्वीकृतीका लागि सञ्चालक समितिमा पेश हुन लागेको उनले बताए । सार्वजनिक निजी साझेदारी प्रारुमा नयाँ स्टक एक्सचेन्ज आउने गिरीले जानकारी दिए ।

यसअघि अर्थ मन्त्रालयले पनि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने अधिकार बोर्डसंग भएकाले कानूनअनुसार उसले निर्णय गर्न सक्ने जवाफ दिएपछि बोर्डले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो । बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनका लागि अर्थसंग सहमति मागेको थियो ।

अर्थ मन्त्रालय सकरात्मक भएकाले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया अघि बढेको बोर्डका प्रवत्ता निरज गिरीले बताए । “नयाँ अर्थमन्त्री कुरेर बसेका छौ । आउनसाथ नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया सुरु हुनेछ” गिरीले भने । उनकाअनुसार संभवत आउदो बोर्ड बैठकमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने मादण्ड र यसको खाका पनि पेश हुने छ ।

नयाँ स्टकलाई लाइसेन्स दिने काम अघि बढेको उनले जानकारी दिए । अर्थ मन्त्रालय सकरात्मक भएकाले पनि लाइसेन्सको काम अघि बढाउन बोर्डलाई सहज भएको हो ।

तत्कालिन बोर्डका अध्यक्ष डा. शुरवीर पौड्यालको पालामा पनि नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि केही प्रयास भएपनि त्यो सफल हुन सकेको थिए । डा. रेवतबहादुर कार्की बोर्डको अध्यक्ष भएपछि उनले दोस्रो स्टक एक्सचेन्ज ल्याउने तयारी थालेका हुन् ।

बोर्डले नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भन्दै यसअघि नै नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कर्मचारी आन्दोलित भएका थिए । भारत, चीन लगायत अन्य युरोप र अमेरिकामा भएका स्टक एक्सचेन्ज कम्पनी एकआपसमा गाभिन थालेको अवस्थामा नेपालमा थप्नु नहुने तर्क नेपाल स्टक एक्सचेन्जको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.