आरआर क्याम्पसमा तालाबन्दी, स्ववियु सभापति कस्को पक्षमा ?

  २०७४ फागुन ६ गते १०:४६     विकासन्युज

काठमाडौं । राजधानीको आर.आर.(रत्नराज्य) लक्ष्मी क्याम्पसमा विद्यार्थीहरुले ताला बन्दी गरेका छन् । स्नातकोत्तर दोश्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुले चर्काे शुल्क असुलेको बिरोधमा क्याम्पस प्रशासनमा ताला बन्दी गरेका हुन् ।
स्नातकोत्तर दोश्रो सेमेष्टर अग्रेंजी, अर्थशास्त्र, जनसंख्या र नेपाली बिषयमा अध्ययनरत विद्यार्थीहरुले प्रशासनमा ताला बन्दी गरेका हुन् । उपत्यकाका त्रिवि आंगिक क्याम्पसमध्ये आर. आरमा सबै भन्दा धेरै शुल्क असुलिएको बिरोधमा उनीहरुले ताला बन्दी गरेका हुन् ।
क्याम्पसले दोश्रो सेमेष्टर अंग्रेजीमा १३ हजार ५ सय, नेपालीमा १२ हजार ५ सय,अर्थशास्त्रमा ११ हजार ५ सय शुल्क असुलिएको छ । क्याम्पसले विद्यार्थीहरुबाट परिक्षा शुल्कका नाममा अतिरिक्त एक हजार रुपैंयाँ असुलेको छ । आन्दोलनकारीको नेतृत्व गरिरहेकी लक्ष्मी भेटुवालले अनधिकृत शुल्क असुली रोक्न स्ववियुले सहयोग नगरेको गुनासो गरिन् ।
स्ववियुले क्याम्पस प्रशासनसँग मिलेर आन्दोलनकारीलाई उल्टै असहयोग गरेको आरोप पनि उनले लगाइन् । उपत्यकाका अन्य आंगिक क्याम्पसहरुमा भन्दा रत्नराज्य लक्ष्मी क्याम्पसमा महंगो शुल्क असुलिएको आरोप उनीहरुले लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.