त्रिशुली नदीमाथी ठूला गाडी गुड्ने ५ नयाँ पुल बन्दै, सबैभन्दा बढी धादिङ्गमा

  २०७४ फागुन ४ गते १२:१०     विकासन्युज

काठमाडौं । सडक विभाग अन्तर्गत पुल महाशाखाले त्रिशुली नदीमाथी ५ वटा नयाँ पुल निर्माण गर्ने भएको छ । महाशाखाले धादिङ्गमा ३, नुवाकोटमा १ र गोरखामा १ गरी ५ वटा नयाँ पुल निर्माण गर्न लागेको हो ।

शुक्रबार पुल महाशाखाले वातावरणीय परिक्षणका लागि सूचना जारी गरेको छ । निर्माण हुने पुलहरु ठूला गाडी गुड्ने पुलहरु हुन् । ती पुलहरु नुवाकोटको तुप्चे, गोरखाको फिस्लिङ्ग, धादिङ्ग जिल्लाको घाटबेशी, मास्टार र जुरे बगैचा/आदमघाटमा बन्नेछ । जसमध्ये नुवाकोट, धादिङ्ग, गोरखामा बन्ने ४ वटा पुल टुन्डी/लामा/सपना/जेभीले निर्माण गर्दैछ भने धादिङ्गको घाटबेशीमा हिराचन/महादेव/खिम्ती/इलाइट जेभीले निर्माण गर्ने भएको हो ।

पुल निर्माण गर्दा सामाजिक–आर्थिक, साँस्कृतिक–भौतिक, जैविक तथा रासायनिक असर पर्ने हुँदा स्थानीय वासिन्दाले सूचना प्रकाशित भएको मितीले १५ दिन भित्रमा शाखाको ठेगानामा पुग्ने गरी राय तथा सुझाव दिन सक्नेछन् ।

पुल निर्माण गर्दा प्रभावित हुने क्षेत्रहरु

नुवाकोट: विदुर नगरपालिका
गोरखा: गण्डकी गाउँपालिका
चितवन: इच्छा गाउँपालिका
धादिङ्ग: गजुरी गाउँपालिका, सिद्धिलेक गाउँपालिका र गल्छि गाउँपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.