वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३१ जनालाई भर्ना खुलायो

  २०७४ फागुन ४ गते ११:०१     विकासन्युज

काठमाडौं । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनले खुला तथा समावेशी गरी १३१ जना कर्मचरीको लागि भर्ना खुलाएको छ ।

लोक सेवा आयोगबाट सहमति प्रदान भए बमोजिम अस्पताल अन्तर्गत अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहरुमा खुला परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विभिन्न योग्यता पुगेका उमेदवारले अवेदनको लागि दर्ता गर्न सक्ने जनाएको छ ।

अस्पतालका अनुसार अस्पतालको वेबसाइटबाट डाउनलोड गरी एफोर साइजको फोटोकपी पेपरमा प्रिन्ट गरी सम्पूर्ण विवरण भरी फागुन २५ गतेसम्म र दोब्बर दस्तुर २०७४ चैत २ गतेसम्म आवेदन अस्पताल प्रशासनमा दर्ता गराउनु हुन आवेदकलाई अनुरोध गरिएको छ ।

अस्पतालले रजिष्ट्रार, वरिष्ठ ल्याब टेक्नोलोजिष्ट, वरिष्ठ रेडियोलोजिकल टेक्नोलोजिष्ट, टेक्नोलोजिष्ट, पब्लिक हेल्थ अधिकृत, जुनियर असिष्टेण्ट, सुपरभाइजर सब ओभरसियर लगायतका पदका लागि अस्पतालले कर्मचारी मागेको हो ।

आवेदनको लागि १८ वर्ष उमेर पूरा नभएकोदेखि अस्पताल सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हदले नछेकिने बताइएको छ । लिखित र अन्तर्वार्ता दुवै किसिमको परिक्षा हुनेछ ।

उम्मेदवार स्वयंमले दरखास्तका साथमा हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लगायत विभिन्न कागजातहरुका प्रतिलिपि प्रमाणित गरी संलग्न गर्न पर्ने अस्पतालको भनाइ छ ।

त्यस्तै समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरुले आवश्यकता वमोजिमका कागजातहरु अनिवार्य रुपमा दरखास्त साथ संगलग्न गरी पेश गर्न पर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.