ओम डेभलपमेन्ट बैंकको साधारणसभा फागुन २५ मा, ३७ करोड ८१ लाखको बोनस सेयर वितरण प्रस्ताव पारित गर्ने

  २०७४ फागुन ४ गते ९:२८     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको ११ औं साधारणसभा फागुन २५ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले संस्थापक सेयरधनी र साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । सभाले बैठक भक्ता बढाउने र कार्यकारी सञ्चालक र कार्यकारी प्रमुखको कार्यकाल कायम गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.