सेञ्चुरी बैंकको साधारणसभा फागुन ३० मा, १० प्रतिशत लाभांश पारित गर्ने

  २०७४ फागुन ४ गते ९:१७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सातौ वार्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट नगद र बोनसगरी सेरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।

बैकले ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख रुपैयाँ नगद र सोही रकम बराबरको बोनस सेयर दिने प्रस्ताव पारित हुने जानकारी दिएको छ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ८ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ ।

यस्तै पुँजीगत रुपमा ठुलो बैंक बनाउन स्वदेशी तथा विदेशी संस्थालाई गाभ्ने वा रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौताका लागि सभाले सञ्चालक समितिलाई पुर्ण अधिकार दिने प्रस्ताव पनि पारित हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.