सुर्योदय लघुवित्तको हकप्रद सेयर फागुन २४ गतेदेखि निष्कासन हुने

  २०७४ फागुन ४ गते ९:००     विकासन्युज

काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन २ करोड ८० लाख रुपैयाँ बराबरका २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

संस्थाले साविकका सेयरधनीलाई १० कित्ता बराबर ७ किता अर्थात ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन बन्द चैत २८ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

माघ २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई कायम भएका साविकका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् ।

स्याङजाको पुतलीबजारमा रहेको संस्थाको हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर ६ करोड ८० लाख रुपैयाँ पुग्ने छ । हाल संस्थाको चुक्तापुँजी ४ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.