चार्टर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत फेल

  २०७४ फागुन ३ गते १९:४७     विकासन्युज

काठमाडौं । चाटर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १७ प्रतिशत परीक्षार्थी मात्र उतिर्ण भएका छन् ।

गत डिसेम्बरमा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजाअनुसार क्याप–२ तहमा १ हजार ४२८ जना परीक्षा दिएकोमा दुबै समुह गरी २४३ जना मात्र उतिर्ण भएका छन् ।

संस्थाले जनाएअनुसार क्याप १ तहमा सहभागी ७२९ जना परीक्षार्थी मध्ये ४८८ जना र क्याप ३ तहमा ५४३ जना परीक्षार्थी मध्ये एक तथा दुबै समुह गरी ७७ जना उत्तीर्ण भएका छन् ।

 

परीक्षाको नतिजाअनुसार २७ जना परीक्षार्थी चार्टर्ड एकाउन्टेन्ट सदस्यको लागि योग्यभएका छन् । यसैगरी चार्टर्ड एकाउन्टेन्ट्स सदस्यता परीक्षामा ३५ जना परीक्षार्थी उत्तीर्ण भएको संस्थाको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्सी परीक्षा र परीक्षाको नतिजा निर्धारित समयमा नै गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.