एनसीसी बैंकको संस्थापक सेयर बिक्री भएन, फागुन ३० गतेसम्म म्याद थपियो

  २०७४ फागुन ३ गते १९:१५     विकासन्युज

 

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ७० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर खरिदका लागि एउटा पनि आवेदन परेन् । आवेदन नपरेपछि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले फागुन ३० गतेसम्म संस्थापक सेयर खरिदका लागि म्याद थप गरेको छ ।

 

सीबीआईएलले बिहीबारसम्मका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको थियो । सेयर खरिद गर्न लागेका लगानीकर्ताले अझै केही दिन समय मागेकाले म्याद थप गरिएको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । ठुलो समूहले बैंकको संस्थापक सेयर खरिद गर्न लागेको जानकारी दिए ।

यसअघि सीबीआईएलले संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ३ लाई तोकेको थियो । निर्धारित समयमा कसैको पनि खरिदका लागि आवेदन नपरेपछि म्याद थप गरिएको दाहालको भनाई छ । “एनसीसीको संस्थापक सेयर खरिदमा ठुलो डिल हुदैछ ढुक्क हुनुस” उनले विकास न्युजसंग भने ।

एनबी समूहले आफनो स्वामित्वमा रहेको ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम २१० रुपैयाँ राखेर बिक्री गरेर बाहिरिन लागेपछि लिलामीमा राखिएको हा । प्रतिकित्ता २१० रुपैयाँअनुसार ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ ।

एनबी समूहले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेड र अन्य ऋण तिर्नका लागि संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो । उसले नेपाल बंगलादेश बैंकमा रहेका संस्थापक सेयर बिक्री गरेको छ ।

यस्तै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एनसीसीमा रहको प्रमोटर सेयर बिक्री नभएपछि म्याद थप गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म आवेदन नपरेपछि नेपाल इन्स्योरेन्सले फागुन ८ गतेसम्मलाई म्याद थप गरेको हो ।

नेपाल इन्स्योरेन्सले एनसीसीमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्युनतम मूल्य राखेर लिलामी गर्न लागेको हो । शिलबन्दी बोलपत्र फागनु ९ गते अपराहन्न ४ बजे खोलिने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.