‘दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना’ निर्माण हुँदै, ६ बैंकले अधिकतम ७०% लगानी गर्ने

  २०७४ फागुन ३ गते १८:३३     विकासन्युज

काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग स्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ ।

परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तीनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्नेछन् ।

उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक १५ करोड युनिट बिजुली उत्पादन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.