नहुदाद्धारा सञ्चालित दुई दिने तालिममा सेञ्चुरी बैंकको आर्थिक सहयोग

  २०७४ फागुन २ गते १८:३७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेश राज शर्माबीच सो रकमको चेक हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा गत माघ २९ गते देखि गत फागुन १ गतेसम्म सञ्चालन गरेको थियो । सो तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे थुप्रै जानकारीहरु हासिल गरे ।

यस बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा एटीएम्, १४ वटा शाखारहित बैंकिङ्ग र ६ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.