ग्लोबल आइएमई बैंकको ७०औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

  २०७४ फागुन २ गते १७:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुम जिल्लाको सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्कालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालसम्म ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.