दोस्रो विश्व महिला उत्सव फागुन ५ गते ललितपुरमा

  २०७४ फागुन १ गते १२:५४     विकासन्युज

काठमाडौं । दोस्रो वाउ विश्व महिला उत्सव २०१८ ललितपुरमा हुने भएको छ । ब्रिटिस काउन्सिलको आयोजनामा फागुन ५ गते महिला उत्सव आयोजना हुन लागेको हो ।

ललितपुरको पुल्चोक क्याम्पमा आयोजना हुने कार्यक्रममा महिला तथा बालबालिकालहरुले भोग्नु परेका विभिन्न समस्याहरुको बारेमा छलफल हने छ । गत वर्ष ६ हजार जनाले भाग लिएकोमा यो वर्ष ८ हजार जनाले भाग लिने आयोजकले जनाएको छ ।

आयोजकले यसअघि विश्वका विभिन्न २० वटा शहरमा विश्व महिला उत्सव सम्पन्न गरिसकेको छ । नेपालमा भने यो दोस्रो उत्सव हो । कार्यक्रममा प्रदर्शनी, कार्यशाला, खाना परिकार साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रदर्शनी गरिनेछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.