२६ करोडको कम्पनीले ६ महिनामा कमायो ३७ करोड

  २०७४ फागुन १ गते ११:४३     विकासन्युज

काठमाडौं । २६ करोड चुक्ता पुँजी भएको राष्ट्रिय बीमा कम्पनीले ६ महिनामै ३७ करोड नाफा आर्जन गरेको छ । कम्पनीले २०७४ पुस मसान्तसम्मा ३७ करोड २५ लाख नाफा कमाएको हो । २०७३ पुस मसान्तमा भने कम्पनीको नाफा २६ नाफा गरेको थियो ।

कम्पनीको जगेडा कोषमा एक अर्ब ९८ करोड रुपैंयाँ रहेको छ । राष्ट्रिय बीमा कम्पनीले पुस मसान्त अवधीमा ७ हजार ७ सय ८८ वटा बीमालेखबाट ४९ करोड ७६ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी १३९.७० रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ ८४३.११ रुपैंयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.