सिद्धार्थ इन्स्योरेन्सको नाफा ८ करोड ७८ लाख

  २०७४ फागुन १ गते ११:१८     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आवको ६ महिनामा ८ करोड ७८ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ८ करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो । कम्पनीको जगेडा कोषमा ७ करोड ९० लाख रुपैंयाँ रहेको छ ।

सिद्धार्थले ७६ हजार ७ सय २१ बीमालेखबाट ८७ करोड १२ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुस मसान्त अवधीमा २ हजार ५ सय २८ वटा दावीका लागि ४६ करोड ३८ लाख रुपैंयाँ भुक्तानी गरेको देखिन्छ ।

सिद्धार्थको प्रति सेयर आम्दानी १३.६९ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १९२.७३ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.