नेपाल बैंकको साधारणसभा फागुन २५ मा, एफपीओ निष्कासन र मूल्य निर्धारणको प्रस्ताव पारित गर्ने

  २०७४ फागुन १ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको ५८ औं वार्षिक साधारणसभा फागुन २५ गते हुने भएको छ ।

साधारणसभामा बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको थप निष्कासन (एफपीओ) गर्ने प्रस्ताव पारित गर्ने छ । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गर्ने भएको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहने भएको छ ।

यस्तै एफपीओ निष्कासन विधि र मूल्य निर्धारण, धितोपत्र व्यवसायी नियत्त, विवरणपत्र सार्वजनिक गर्नका लागि सभाबाट स्वीकृति लिने भएको छ । सभामा गत आर्थिक वर्षको वासालात नाफा–नोक्सान र नगद प्रवाह विवरण पारित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.