क्यान ईन्फोटेकको तयारी पुरा, मेला फागुन २ गतेदेखि शुरु

  २०७४ माघ २९ गते १८:४३     विकासन्युज

बुटवल । सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी पुरा भएको आयोजकले बताएको छ । सोमबार प्रदर्शनीस्थल बुटवल मण्डपमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रिय उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रिकृत अवधारण अनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए । ‘सातै प्रदेशका मुख्य शहरहरुमा प्रदर्शनी गर्ने केन्द्रको योजना छ ।’– उनले भने । यसअघि काठमाण्डौ केन्द्रिय ईन्फोटेकलाई देशभरमा प्रचारप्रसार गर्ने लक्ष्यसहित पाँच नम्बर प्रदेशमा हुन लागेको उनले बताए ।

अवलोकनकर्ता धेरै भित्राउने मुख्य उद्देश्य रहेको भन्दै उनले सुचना प्रविधि बारे ज्ञान दिने गरि कार्यक्रम गरिएको बताए । जिल्ला अध्यक्ष नारायण श्रेष्ठले सातौ संस्करणका रुपमा आयोजना गरिन लागेको ईन्फोटेकको सबै तयारी पुरा भएको भन्दै विगतमा भन्दा फरक र नयाँ विशेषता सहित दर्शकहरुले अवलोकन गर्न पाउने बताए । एकै थलोमा नयाँ र नौलो प्रविधि, उपकरणको प्रर्दशनीगरि उपभोक्ताहरुलाई खरीद बिक्रीका लागि सहज हुने बताए ।

फागुन २ देखि ६ गतेसम्म संचालन हुने मेलामा दर्शक लोभ्याउन नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रबिधियुक्त घर निर्माण गरिएको उनले बताए । मेलाको उद्घाटन नेकपाएमाले प्रदेश नम्बर पाचका संसदियदलका नेतामा ननिय शंकर पोखरेलले गर्ने उनले बताए । मेलाको मुख्य प्रायोजक स्टाटअपको संचालक सन्तोष गौतमले प्रविधि सिकाउने रुपमा मेला आयोजना भएको बताए । अवलोकनकर्ताहरुले स्टाटअपको स्टलमा विशेष छुट पाउने ब्यवस्था समेत गरिएको उनले बताए ।

ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहनेछन् । मेला ५० हजार दर्शकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ ।

सो प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कम्पिटिसन, डान्स कम्पिटिसन, आइसिटी क्विज, भर्चुवल गेमिङ लगायत पनि आर्कषणको रुपमा रहनेसचिब बिरबहादुर क्षेत्रीले बताए । सुचना प्रविधि सम्बन्धि जानकारी मुलक १ सय ३० स्टल प्रदर्शनीमा रहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.