जगदम्बा मोटर्सको एक्टिभेसन अभियान भोलिसम्म, सहभागी आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्ने

  २०७४ माघ २९ गते १८:३४     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्स, टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि एक मात्र आधिकारिक बितरकले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम यहि माघ २६ देखि फागुन १ गतेसम्म विभिन्न सपिङ्गमलहरुमा आयोजना भइरहेको छ ।

एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा माघ २६ गते र सिटी सेन्टरमा माघ २७ र २८ गते आयोजना गरियो । यसैगरि, सहभागीहरुले लाबीम मलमा यहि माघ २९ र फागुन १ गते सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्ने कम्पनीले जनाएको छ ।

सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । खिचिएको फोटो पश्चात जगदम्बा मोटस– टिभिएसको फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट फागुन ८ गते सम्ममा प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.