मुलुकमा स्थाई सरकार आउँछ, लगानीको वातावरण बन्छ- चन्द्रप्रसाद ढकाल

  २०७४ माघ २९ गते १८:०७     विकासन्युज

लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आई पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् ।

जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले व्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उद्योगी-व्यवसायीहरुलाई सहयोग पुर्याउने कार्यमा नेपाल उद्योग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताएका छन् ।

लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविद्युत नेपालको दिगो आर्थिक विकासकालागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.