बेबी लाईफ होमलाई सिटिजन्स बैंकको १ लाख ५० हजार सहयोग

  २०७४ माघ २९ गते १८:१४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले बेबिलाईफ होमलाई १ लाख ५० हजार सहयोग गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवको अवसरमा बेबी लाइफलाई बैंकले नगद सहयोग गरेको हो ।

बेबिलाइफले बिगत १० वर्ष देखि एचआइभी संक्रमित बालबालिकालाई पालन पोषण गर्दै आएको छ । यस कार्यक्रमलाई थप सहज बनाउन बैंकका कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बेबी लाइफ सञ्चालक राजकुमार पुनलाई चेक हस्तान्तरण गरेका हुन् ।

प्रत्येक वार्षिक उत्सवको अवसरमा सामाजिक कार्यको लागि सहयोग गर्दै आएको बैंकले सोहि कार्यक्रमको निरन्तरता स्वरुप आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

हाल बेबीलाइफमा २३ जना बालबालिका रहेका छन् । कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक नृत्य तथा सांङगिक प्रस्तुती देखाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.