बैंकर्सले भने-मध्यावधी समिक्षाले राहत दियो

  २०७४ माघ २९ गते १७:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत राहत दिएको प्रतिक्रिया बैंकर्सहरुले दिएका छन् । बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सीसीडी रेसियो गणनाको सुबिधाले बैंक तथा वित्तिय संस्थाहरुले राहत महसुश गरेको बताए ।

‘समसामयिक रुपले मौद्रिक नीति आएको छ, सीसीडी रेसियोको दैनिक गणना तर मासिक हर्जनाको सुबिधाले राहत पाएका छौं’, नेपाल बंगलादेश बैंकका सिईओ समेत रहेको बैंकर्स संघका अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।

उनले सरकारी संस्थानहरुले बाणिज्य बैंकमा खाता खोलेर रकम जम्मा गर्ने व्यवस्थाबारे अध्ययन अघि बढाउने कुराले पनि बैंकिङ क्षेत्रमा उत्साह थपेको प्रतिक्रिया पनि दिए ।

गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले पनि मौद्रिक नीतिको मध्यावधि समिक्षाबाट राहत नै मिलेको बताए । उनले लगानी योग्य पुँजीको अभावले बैंक तथा वित्तिय संस्थाहरु निरुत्साहित भैरहेको अवस्थामा मध्यावधि समिक्षाले केहि उत्साह थपिदिएको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.