मुद्दति निक्षेपकर्तालाई राष्ट्र बैंकको संरक्षण

  २०७४ माघ २९ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति खातामा निक्षेपकर्ताहरुलाई बिशेष संरक्षणको नीति अघि सारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षा मार्फत मुद्दति खातामा रकम जम्मा गर्ने निक्षेप कर्तासँग बैंकले निक्षेप लिनु पुर्व निक्षेप रसिद धितोमा दिने कर्जा रकम र सोको ब्याजदर तोक्नुपर्नेछ । सो भन्दा बढि ब्याजदर पछि लिन पाइने छैन।

पछिल्लो समय बैंकहरुले मुद्दति खातामा राखिएको निक्षेपको रसिद लिएर ऋण दिँदा पहिला गरिएको प्रतिवद्धता भन्दा बढि ब्याजदर लिन थालेका थिए । केन्द्रिय बैंकको नयाँ व्यवस्थासँगै अब निक्षेप कर्ताहरुले निक्षेपको रसिद धिता राखेर ऋण लिँदा ब्याजदर बढ्ने समस्याबाट छुटकारा मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.