७ वटा जीवन बीमा कम्पनीको प्रीमियम १५ अर्ब, ४८ प्रतिशत हिस्सा नेपाल लाइफको(सूचीसहित)

  २०७४ माघ २६ गते १३:५१     विकासन्युज

काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको प्रीमियम करिब १५ अर्ब पुगेको छ । चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ७ वटा जीवन बीमा कम्पनीहरुले १४ अर्ब ९८ करोड ३६ लाख प्रीमियम संकलन गरेका हुन् । ती कम्पनीहरुले बीमा समितिमा बुझाएको प्रारम्भिक विवरण अनुसार ३७ लाख ४७ हजार ८ सय १७ जना बिमितहरुबाट सो प्रिमियम संकलन गरिएको हो ।

हालसम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मेटलाइफ, एसियन लाईफ, सुर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तको वित्तिय विवरण बीमा समितिलाई बुझाएका छन् । पुस मसान्त अवधीमा संकलित कुल प्रीमियममा ४८.२२ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै ओगटेको देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्त अवधीमा १० लाख ८० हजार २ सय ६६ बिमितबाट ७ अर्ब २२ करोड ५१ लाख रुपैंयाँ बराबरको प्रीमियम संकलन गरेको हो ।

त्यस्तै, नेशनल लाइफले २ अर्ब ६० करोड प्रीमियम संकलन गरेको छ भने प्राइम लाइफ, एसियन लाइफ र मेट लाइफले एक अर्ब भन्दा बढि प्रीमियम संकलन गर्न सफल भएका छन् । पुस मसान्त अवधीमा सबै भन्दा थोरै प्रीमियम गुराँस लाइफले संकलन गरेको छ । गुराँसले जम्मा ५९ करोड ८३ लाख प्रीमियम संकलन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.