नेपाल इन्टरमोडेल यातायातमा २३ जनालाई सरकारी जागीर खाने अवसर

  २०७४ माघ २६ गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्टरमोडेल यातायात विकास समितिले एकै पटक २३ जना कर्मचारी मागेको छ । यातायातमा रिक्त रहेका अधिकृत, इन्जिनियर, कम्प्युटर अपरेटर र साहायक स्तरका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्नका लागि दरखास्त फारम खोलेको हो ।


यातायातले प्रशाासन तर्फ ११ जना, प्रविधिक तर्फ ८ जना र विविधमा ४ जनाको लागि विज्ञापन खुलाएको छ । दरखास्त दिन इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित फागुन २६ सम्म अनलाइन फारम भर्न सक्नेछन् ।

यातायतले जारी गरेको सूचना अनुसार फारम भर्नको लागि दिनको ११ बजे देखि ३ बजेसम्म पाइनेछ । यातायातले तह १० को लागि १५ सय ५०, तह ९ को लागि १२ सय ५०, तह ८ को लागि १०५०, तह ७ को लागि ९ सय ५०, तह ५ को लागि ६ सय २५, तह र ४ को लागि ५ सय २५ रुपैंया परिक्षा शुल्क तोकेको छ ।

इन्टरमोडेल यातायातले हाल नेपालको विभिन्न स्थानमा सुख्खा बन्दारगाह निर्माण गर्दै आएको छ । यसैगरी चोभारमा १०५४ रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निमार्ण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.